कृष्ण कँडेल र शर्मिला श्रेष्ठको लफडामा शर्मिला वाइबाको ‘ईन्ट्री’, त्यसपछि लाग्यो यौनहिंसाको आरोप !

जानकारहरूले शर्मिला श्रेष्ठ जागिरबाट निकालिएपछि प्रतिशोध साँध्न ‘यौन दुर्व्यवहार’ भएको मिथ्या आरोप आएको बताएका छन् । दुईबीचको लफडामा शर्मिला वाइबाको प्रवेशपछि ‘यौन हिंसा’को आरोप जोडिएको केही कलाकारको दाबी छ ।

नेपालभ्युज

कृष्ण कँडेल र शर्मिला श्रेष्ठको लफडामा शर्मिला वाइबाको ‘ईन्ट्री’, त्यसपछि लाग्यो यौनहिंसाको आरोप !

काठमाडौं । सामाजिक सञ्जालमा चर्चित कार्यक्रम इन्द्रणीका सञ्चालक कृष्ण कँडेल र गायिका शर्मिला श्रेष्ठबीचको आरोप-प्रत्यारोपले अहिले सामाजिक सञ्जाल तातिरहेको छ ।

लोकदोहोरी कार्यक्रमका सञ्चालक तथा समाजसेवी कृष्ण कँडेलबाट आफू मानसिक हिंसासँगै ‘यौन हिंसाको सिकार भएको’ भन्दै शर्मिला श्रेष्ठले आरोप लगाएपछि पक्ष-विपक्षमा प्रतिक्रिया आइरहेका छन् ।

लामो समयदेखि ‘लाइभ दोहोरी’ गीतको कार्यक्रम चलाएर देश विदेशबाट पैसा संकलन गरी समाजसेवा गर्दैआएका कृष्ण कँडेल समाजका एकतहका मानिसहरुबीच लोकप्रिय छन् ।

लोकतथा दोहोरी गीतमा रुची राख्नेहरूले उनलाई खुबै मान्छन् । देश विदेशबाट सहयोग उठाएर धेरै मानिसको जीवन बचाएका उनलाई लाभान्वित हुनेहरूले त ‘भगवान्’ नै ठान्छन् ।

उनको यो सफलतामा उनको मात्र मेहनत छैन, उनको सिँगो टिमको हात छ । कैयौँ गायक, गायिका र बाध्यबाधक छन् । उनको इन्द्रेणी कार्यक्रममा गीत गाउँदै आएकी गायिका शर्मिला श्रेष्ठले आफू पीडित भएको बताएपछि धेरैको चासो छ, ‘लफडा के हो भन्ने ?’

शर्मिला श्रेष्ठ र कृष्ण कँडेलको सहकार्य निकै लामो समययताको हो । इन्द्रेणी कार्यक्रमको सुरुआतदेखि नै शर्मिला श्रेष्ठ कार्यक्रममा गीत गाउँदै आएकी थिइन् । तर, उनी पछिल्लो समय देखिएकी थिइनन् ।

उनले इन्द्रेणी छाडिसकेको पछिल्लो भिडिओबाट दर्शकले थाहा पाए । सँगै शर्मिला श्रेष्ठले सञ्चालक कृष्ण कँडेलले आफूलाई ‘यौन सम्पर्कको प्रस्ताव राखेको र नमानेपछि जागिरबाट निकालिएको’ दाबी गरेकी छिन् ।

“उहाँले भनेको कुरा मैले मानिनँ । मेरो कोठामा आउन खोज्नुभयो । मैले कोठामा ल्याइनँ । मेरो आफन्तहरूले के भन्लान् भनेर बोलाइनँ । त्यसपछि उहाँले अरुलाई वास्ता गर्नुभयो । मलाई बेवास्ता गर्न थाल्नुभयो । अन्तत: जागिरबाट हटाइयो,” उनले भनेकी छन्, “त्यहीकारण म तनावमा छु । मानसिकरूपमा विक्षिप्त छु । डिप्रेसनमा पुगेको छु । औषधि खाइरहेकी छु ।”

गायिका शर्मिला श्रेष्ठको पत्रकार सम्मेलन

सञ्चालक कृष्ण कँडेलले आफूलाई घरमै लिन आएकाले आफू इन्द्रेणी कार्यक्रममा जोडिएको शर्मिला श्रेष्ठले बताएकी छिन् ।

उनले भनेकी छिन्, “मेरो इन्द्रेणीमा रहेको कार्यक्रम अहिले पनि यूट्युबमा हेर्न सकिन्छ । मेरो करियर अझै बिग्रिएको छैन । इन्द्रेणीबाट पनि मलाई विश्वभरि चिन्नुभएको छ । यो राम्रो हो । स्वर राम्रो हुँदा कार्यक्रम चलाएकी थिएँ । नाच्ने गाउने गरेकी थिएँ । पछिल्लो चरणमा मानसिक टर्चरको कारण स्वर सुकेको छ ।”

शर्मिला श्रेष्ठ कँडेलले आफूलाई मात्र नभई बाद्यवाधक लक्ष्मीप्रसाद घिमिरे, पूर्णप्रसाद कँडेल, खगेन्द्र विश्वकर्मा र गाडी चालक जीवन टण्डनलाई पनि अन्याय गरेको बताएकी छिन् ।

शर्मिला वाइबाको प्रवेशपछि ‘यौनहिंसाको’ आरोप

घटनाका जानकारहरूले भने इन्द्रेणीबाट शर्मिला श्रेष्ठलाई निकालिएपछि प्रतिशोध साँध्न यौन दुर्व्यवहार भएको मिथ्या आरोप आएको बताएका छन् ।

शर्मिला श्रेष्ठ र कृष्ण कँडेलबीचको लफडामा स्वघोषित सामाजिक अभियन्ता शर्मिला बाइवाको प्रवेश भएपछि ‘यौन हिँसा’को आरोप लागेको इन्द्रेणीका केही कलाकारहरूको भनाइ छ ।

शर्मिला वाइबा तिनै हुन्, जसले आफूलाई पत्रकार ऋषि धमलाबाट हिंसामा परेको आरोप लगाएकी थिइन् । उनले आफू र धमलाको बिहेसमेत भएको दाबी गरेर अन्तर्वार्ता दिएकी थिइन् ।

पछि फेरि आफ्नै भनाइको खण्डन गरेकी थिइन् । फेरि केही समयपछि उनले पुरानै आरोप फेरि जगाउने र फिर्ता लिने गरिरहिन् । यस्ता शङ्कास्पद गतिविधिलाई नजिकबाट नियाल्ने कतिपयले भने ‘शर्मिला वाइबाबाट ऋषि धमला ब्याकमेलिङको सिकार भएको’ समेत दाबी गर्छन् ।

त्यसपछि शर्मिला वाइबा अहिले यूट्युबर बनेकी छिन् । उनले अहिले आफूलाई पत्रकार बताउँदै बुम तेर्साएर मानिसहरूका निजी जीवनका घटनामा घुसेर लफडा मच्चाउँदै आएको आरोप छ ।

युट्युबरको कठघरामा ऋषि धमलाको ‘चीरहरण’

तीनै शर्मिला वाइबाले गायिका शर्मिला श्रेष्ठलाई उचालेको कृष्ण कँडेल पक्षको दाबी छ । जबकि शर्मिला श्रेष्ठ आफैँले ‘पक्षपात गरेर आफूलाई कहीँ नलगेको’ बताएकी छिन् ।

त्यसपछि कृष्ण कँडेलको निकटमा अरू नै कलाकार परेका उनले बताएकी छिन् । त्यही लफडापछि जागिरसम्म छाडेकी उनले शर्मिला वाइबाको सल्लाह अनुसार घटनालाई मोड्न यौन दुर्व्यवहारको आरोप आएको बताएको छ ।

शर्मिला श्रेष्ठको पत्रकार सम्मेलनमा शर्मिला वाइबा पनि थिइन् । उनले पनि त्यहाँ कृष्ण कँडेको बारेमा बोलेकी थिइन् । यो घटनाको डिजाइनर उनै रहेको आरोप छ ।

गायिका शर्मिला श्रेष्ठको पत्रकार सम्मेलनमा शर्मिला बाइवा आफ्ना कुरा राख्दै

“अरुनै कुराकानी नमिलेर दुईबीच बोलचाल बन्द भयो । शर्मिला जागिरबाट निकालिइन् । यो लफडामा शर्मिला बाइवाको प्रवेश भयो । घटनालाई थप संवेदनशील बनाउन यौन हिंसाको आरोप लगाउन लगाइन्,” इन्द्रेणीका कलाकारको आरोप छ ।

आफू गीत गाउने कलाकारलाई स्टेज कार्यक्रममा पनि पक्षपात गरेर कहीँ नलगेको शर्मिला श्रेष्ठको आरोप हो । त्यो आरोपमा भने सत्यता रहेको इन्द्रेणीका कलाकारहरू बताउँछन् ।

“म मानसिक टर्चरका कारण घरमा बस्थेँ । घरमा सबैले इन्द्रेणी किन नगएको भन्थे’, शर्मिलाले अगाडि भनिन्, “मैले के भन्ने, त्यहाँ मलाई हेप्छन् भनेर कसरी भन्ने । म गीत गाउने मानिसलाई नाच्न लगाइन्छ ।”

यो आरोपमा सत्यता रहे पनि यौनहिंसाको आरोपको डिजाइन भनेपछि थपिएको अरू कलाकारहरूको आशंका छ । शर्मिला बाइवाले भने घटनामा आफू नजोडिएको बताएकी छिन् ।

उनले भनेकी छिन्, “अहिले भाइरल भइरहेको इन्द्रेणी कार्यक्रमसम्बन्धीको विवादमा म संलग्न छैन । इन्द्रेणी विवादमा संलग्न शर्मिला वाइबा हैन शर्मिला श्रेष्ठ हो । म उक्त विवादलगायत इन्द्रेणीसँग कुनै पनि कुरामा संलग्न छैन । कृपया बुझेर मात्र प्रतिक्रिया दिनुहोला ।”

इन्द्रेणी र आफ्नो विषयमा सामाजिक सञ्जालबाट लगाएको आरोपमा भने कार्यक्रम सञ्चालक कृष्ण कँडेलले खण्डन गरेका छन् ।

उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफूले कसैको श्रम तथा सम्मानमा चोट तथा शोषण गर्ने कार्य नगरेको बताए ।

उनले आफूसँग सम्बन्ध रहेको विषयको समाचार एकतर्फी रूपमा समेत प्रसारण नगरिदिन सञ्चारमाध्यमलाई अनुरोध गरेका छन् ।

कृष्ण कँडेलले भनेका छन्, “झुटा कुरा बोलेको विषयमा कानूनले समेत हेर्छ भन्ने विश्वास राखी म तथा इन्द्रेणीमाथि गरेका अफवाह, कपोकल्पित तथा भ्रमित समाचारहरूको विश्वास नगरिदिनुहुन इन्द्रेणीका सम्पूर्ण दर्शक श्रोताहरूलाई हार्दिक अपिल गर्दछु ।”

शर्मिलाको मानसिक टर्चरको आरोपको विषयमा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलले पत्रकार सम्मेलन गर्दैछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved