डीडीसीका महाप्रबन्धक सञ्जीव झामाथि दुर्व्यवहार

नेपालभ्युज

डीडीसीका महाप्रबन्धक सञ्जीव झामाथि दुर्व्यवहार

काठमाडौं । दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झामाथि दुर्व्यवहार भएको छ ।

शुक्रबार मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट युवा संगठनले कार्यालयमै पुगेर झामाथि कालोमोसो दलेर दुर्व्यवहार गरेको हो ।

दूध बेचेको करिब १७ करोड रूपैयाँ दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको, किसानबाट दूध खरिद गरेको ८५ करोड रूपैयाँ बक्यौता तिर्न आलटाल गरेको, कर्मचारीको सरुवा-बढुवामा आर्थिक लाभ लिएकोलगायतका आरोपमा झामाथि कालोमोसो दलिएको संगठनले जनाएको छ ।

केही दिनअघि सोही संगठनले यातायात व्यवस्था विभागका महानिर्देशकलाई पनि दुर्व्यवहार गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved