गाजाको अस्पतालमा इजरायली सेनाको छापा, दर्जनौं आतंकवादी नियन्त्रणमा लिएको दाबी

नेपालभ्युज

गाजाको अस्पतालमा इजरायली सेनाको छापा, दर्जनौं आतंकवादी नियन्त्रणमा लिएको दाबी

काठमाडौं । इजरायलको सेनाले दक्षिणी गाजाको मुख्य अस्पताल नासेरमा आतंकवादीले आश्रय लिएको दाबी गरेको छ । अस्पतालमा छापा मार्ने क्रममा दर्जनौ आतंकवादीलाई नियन्त्रणमा लिएको इजरायली सेनाले बताएको हो ।

अस्पतालमा आतंकवादीले आश्रय लिएको र अपहरण गरिएका शव लुकाएर राखेको दाबी गर्दै इजरायलले अस्पताल भित्रै पसेर खानतलासी गर्न थालेको छ । छापा मार्ने क्रममा इजरायली सेनाले अस्पताल भित्र तहसनहस पारेको भिडियो फुजेजहरु सार्वजनिक भएका छन् ।

इजरायली सेनाको आतंकका कारण सयौं विरामी र कर्मचारीको भागभाग भएको थियो । इजरायलले खान युनिसको नासेर अस्पतालमा आतंकवादी र उनीहरुले अपहरण गरेका व्यक्तिको खोजी गरेको बताएको छ ।

हमासले अस्पतालभित्र बन्धक बनाएर सर्वसाधारणलाई राखेको इजारायली गुप्तचरसंस्थाको भनाइ छ । हमासले इजरायलको दाबीलाई झुट भन्दै खारेज गरेको छ ।

इजरायलले अस्पतालमा छापा मार्दा अस्पतालभित्रको अवस्था खतराजनक र विपत्तिजनक बनेको अस्पताल प्रशासनले बीबीसीलाई बताएको छ ।

इजरायल डिफेन्स फोर्सका प्रमुख प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले अस्पतालबाट पक्राउ गरिएका मध्ये अधिकांस अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा सहभागी भएकाहरु रहेको बताए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved