बझाङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु

नेपालभ्युज

बझाङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु

काठमाडौं । बझाङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् । तलकोटबाट चैनपुर आइरहेको जिप तल्कोटका साइलाबगड नजिक दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो ।

दुर्घटनामा तलकोट–१ की सुस्मिता कठायतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका तलकोटकै जिप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका–५ का सह–चालक कमल कठायतको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved