ड्युटीमा रहेकी महिला प्रहरीको गोली हानी हत्या

नेपालभ्युज

ड्युटीमा रहेकी महिला प्रहरीको गोली हानी हत्या

दाङ । घोराहीको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको उनकै श्रीमानले गोली हानेर हत्या गरेका हुन् ।

घटना करिब साढे ७ बजे भएको बताइएको छ । गोली हानेर भाग्दै गरेका यमबहादुरलाई लमहीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार  झाक्री नेपालगञ्जमा कार्यरत प्रहरी हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved