फिलिपिन्समा पहिरो : मृतकको संख्या ९२ पुग्यो, हराएका ३६ जनाको खोजी जारी

नेपालभ्युज

फिलिपिन्समा पहिरो : मृतकको संख्या ९२ पुग्यो, हराएका ३६ जनाको खोजी जारी

मनिला । दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तस्थित खानी शहरमा फेब्रुअरी ६ मा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ९२ पुगेको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

दाभाओ डे ओरोको प्रान्तीय सरकारले सामाजिक सञ्जालमा जनाए अनुसार उद्धारकर्ताहरूले हराइरहेका ३६ जना व्यक्तिहरूको खोजी गरिरहेका छन्। गृह तथा स्थानीय सरकार विभागकी लेह अनोराले दुर्घटना भएको नगरपालिका माकोमा पत्रकार सम्मेलनमा ३२ जना घाइते भएपनि जोगिएको बताएका छन् ।

पहाडबाट खसेका ढुङ्गा, माटो र रुखले पुरिएका दुईवटा बसभित्र फसेका मृतक र बेपत्ता हुनेमा खानी कम्पनीका कामदार रहेका छन् । विश्व जोखिम सूचकाङ्क सन् २०२२ ले फिलिपिन्सलाई विश्वमा सबैभन्दा बढी प्रकोप हुने देशहरूको सूची अन्तर्गत पहिलो स्थानमा राखेको छ। सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved