साताको सेयर समीक्षा: नेप्सेमा उतारचढाव, परिसूचक तीन दिन बढ्दा दुई दिन घट्यो

नेपालभ्युज

साताको सेयर समीक्षा: नेप्सेमा उतारचढाव, परिसूचक तीन दिन बढ्दा दुई दिन घट्यो

काठमाडौं । यो साताको सेयर बजार कारोबारमा उतारचढाव आएको छ । साताको कारोबार अवधिभर नेप्से परिसूचक तीन दिन घटेको छ भने दुई दिन बढेको छ ।

आइतबार अर्थात् कारोबारको पहिलो दिन नेप्से परिसूचक १० दशमलव ५० अंकले घटेर २०८५ दशमलव ८२ को विन्दुमा पुगेको थियो । भने, सोमबार नेप्से परिसूचक १५ दशमलव ३३ अंकले उकालो लागेर २१०१ दशमलव १६ को विन्दुमा पुगेको थियो ।

साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्सेमा भारी गिरावट देखिएको थियो । जहाँ ३० दशमलव ५६ अंकले नेप्से परिसूचक घटेर २०७० दशमलव ५९ को विन्दुमा पुगेको थियो ।

बुधबार नेप्से परिसूचक ५ दशमलव ५१ अंकले तङग्रीँदै २०७६ दशमलव ५० को विन्दुमा पुगेको थियो भने साताको कारोबारको अन्तिम दिन नेप्सेमा पुनः १४ दशमलव ४६ अंकको गिरावट आएर २०६२ दशमलव ०३ को विन्दुमा पुगेको छ ।

समीक्षा अवधिमा यो साताको सेयर बजार ३४ दशमलव २८ अंकले घटेको छ । आइतबार, मंगलबार र बिहीबार नेप्से ५५ दशमलव ५२ अंकले घटेको थियो भने सोमबार र बुधबार २१ दशमलव २४ अंकले नेप्से बढेको थियो ।

गत साता भने सेयर बजार परिसूचक २९ दशमलव ३६ अंकले बढेको थियो ।

आइतबार ३०५ कम्पनीका ८३ हजार ८ सय ७७ पटकको कारोबारमा १ करोड ५७ लाख १ हजार १ सय ९९ कित्ता सेयर खरिद बिक्री भएको थियो । जसमा कारोबार रकम भने ४ अर्ब ८५ करोड ६७ लाख ८ हजार ४ सय ७२ रुपैयाँ रहेको थियो ।

सोमबार ३१४ कम्पनीका ७५ हजार १ सय ५ पटकको कारोबारमा १ करोड १० लाख ८ हजार १ सय २२ कित्ता सेयर खरिद बिक्री भएको थियो । जसमा कारोबार रकम भने ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार १ सय २८ रुपैयाँ रहेको थियो ।

त्यसै गरी, साताको तेस्रो कारोबारको दिन ३०५ कम्पनीका ८२ हजार ८ सय ९९ पटकको कारोबारमा १ करोड २८ लाख ६५ हजार २०२ कित्ता सेयर किनबेच भएकोमा ४ अर्ब ६६ करोड ७१ लाख ७९ हजार ३०४ रुपैयाँको कारोबार भएको थियो ।

बुधबार ३०२ कम्पनीका ७४ हजार ६ सय ७५ पटकको कारोबारमा १ करोड २३ लाख ६३ हजार ०२७ कित्ता सेयर खरिद बिक्री भएको थियो । जसमा कारोबार रकम भने ४ अर्ब २५ करोड २७ लाख २२ हजार ८ सय ९५ रुपैयाँ रहेको थियो ।

त्यस्तै, साताको कारोबारको अन्तिम दिन अर्थात् आज ३०५ कम्पनीका ८१ हजार ५६ पटकको कारोबारमा १ करोड १४ लाख ७ हजार २ सय ६४ कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम भने ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार ७ सय ४१ रहेको छ ।

यसर्थ, समीक्षा अवधिमा कुल १५ सय ३१ कम्पनीको ३ लाख ९७ हजार ६ सय १२ पटक कारोबार भएको छ भने कारोबार रकम १६ अर्ब ८६ करोड १६ लाख ८३ हजार ५ सय ४० रुपैयाँ रहेको छ ।

गत साता कारोबार रकम १४ अर्ब ३० करोड रुपैयाँ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved