संसारको एक्लो गाउँ जहाँ कपडा लगाउन प्रतिबन्ध छ

नेपालभ्युज

संसारको एक्लो गाउँ जहाँ कपडा लगाउन प्रतिबन्ध छ

एजेन्सी । संसारमा कयौं सुन्दर स्थान छन् । कोही स्थान खानपानलाई लिएर चर्चामा छन्, कोही आफ्नो रीति संस्कृतिलाई लिएर तथा कोही अत्यधिक विकासलाई लिएर चर्चामा छन् ।

तर, संसारमा एउटा यस्तो ठाउँ पनि छ जहाँ कपडा लगाईदैन । अझै अचम्मको कुरा त्यहाँ कपडा लगाउन प्रतिबन्ध नै गरिएको छ ।

बताइहालौं यो अचम्मको ठाउँ ब्रिटेनमा पर्दछ । हर्टफोर्डशायरमा रहेको स्पीलप्लाट्ज नामक एउटा त्यस्तो गाउँ छ, जहाँका मानिस जनजाति हुन् र उनीहरु कपडा पनि लगाउँदैनन् ।

यस गाउँमा बिना कपडा रहने परम्परा ८५ वर्षदेखि चलिआएको छ । यहाँका व्यक्ति पढाईलेखाई तथा धनसम्पत्तिमा पनि सम्पन्न छन् ।

यस अनौठो गाउँलाई सन् १९२९ मा इसुल्ट रिचर्डसनले खोजी गरेका थिए । यहाँ महिला, बुढा, जवान कसैले पनि कपडा लगाउँदैनन् ।

यो गाउँ बिना कपडा रहने कारणले गर्दा देशैभर चर्चित छ, जहाँ अन्य व्यक्ति घुम्न पनि जान्छन् । यो नियम त्यहाँका व्यक्तिसँगै पर्यटकमाथि पनि लागू हुन्छ ।

तर, जाडोको समयमा भने यहाँ लुगा लगाउन अनुमति दिइन्छ । यो पनि व्यक्तिको इच्छामा निर्भर हुन्छ । यस गाउँका मानिस अन्य ठाउँमा घुम्न जाँदा भने कपडा लगाएर जाने गर्दछन् । तर, गाउँमा प्रवेश गरेसँगै उनीहरुले कपडा खोल्नुपर्ने हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved