बच्चालाई चकलेट दिन हुन्छ कि हुँदैन ?

नेपालभ्युज

बच्चालाई चकलेट दिन हुन्छ कि हुँदैन ?

एजेन्सी । अधिकांश बच्चालाई चकलेट एकदमै मन पर्दछ । तर, के तपाईंलाई थाहा छ यसको अत्यधिक सेवनले विभिन्न समस्या निम्त्याउन सक्छ ।

चकलेट वा धेरै गुलियो चीज खाँदा सर्वप्रथम दाँतमा समस्या हुने खतरा अत्यधिक हुन्छ । यही कारणले गर्दा पनि बच्चालाई चकलेटबाट टाढा राख्नुपर्छ ।

दुई वर्ष नपुगेका बच्चालाई त चकलेट कत्ति पनि दिनु हुँदैन । बच्चालाई सामान्य चकलेटको ठाउँमा थोरै मात्रामा डार्क चकलेट दिन सक्नुहुन्छ ।

अन्य चकलेटको तुलनामा डार्क चकलेटमा एन्टीअक्सीडेन्ट तथा मस्तिष्कका लागि फाइदा गर्ने तत्व हुन्छन् । त्यस्तै थोरै मात्रामा डार्क चकलेट हृदयका लागि पनि फाइदाजनक हुने मानिन्छ ।

तर पनि कुनै प्रकारको चकलेट बच्चालाई कमै मात्रामा दिने कोसिस गर्नुपर्छ । डाक्टरले पनि बच्चालाई सक्दो कम मात्र चकलेट दिन भन्छन् ।

गुलियो तथा मिठो खान रुचाउने बच्चाका लागि थोरै मह, गुड तथा फलफूल जस्ता चिज दिन सकिन्छ । यसले बच्चालाई गुलियो पनि हुन्छ र स्वास्थ्यका लागि पनि फाइदाजनक पनि हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved