ससुराली जान कपडामा आइरन गर्दा करेन्ट लागेर मृत्यु

नेपालभ्युज

ससुराली जान कपडामा आइरन गर्दा करेन्ट लागेर मृत्यु

काठमाडौं । रौतहटमा कपडामा आइरन लगाउने क्रममा करेन्ट लागेर एक जनाएको मृत्यु भएको छ ।

राजदेवी नगरपालिका ७ का २५ वर्षीय तेजा ठाकुर लोहार करेन्ट लागेर बुधबार मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।

ससुराली जानको लागि कपडामा आइरन लगाउने क्रममा लोहारलाई करेन्ट लागेको थियो । अचेत भएका उनलाई उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकको शव पोस्टमार्टम भएर बुधवार साँझ परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved