सरसफाईमा पनि गर्न सकिन्छ कफीको प्रयोग

नेपालभ्युज

सरसफाईमा पनि गर्न सकिन्छ कफीको प्रयोग

एजेन्सी । कफी केवल पिउनका लागि मात्र नभएर घरको सरसफाईमा पनि प्रयोग गर्न सकिन्छ ।

त्यसो त कतिपयले मेकअप तथा सुन्दरताका लागि पनि कफीको प्रयोग गर्ने गर्छन् । तर, आज हामीले यसलाई घरको सरसफाईमा कसरी प्रयोग गर्ने भनेर केही टिप्स बताउनेछौं ।

  • सिसाको फोहोर बोतल सफा गर्न कफीलाई पानीमा राखेर राम्रोसँग मिक्स गर्नुहोस् । यो घोललाई बोतलमा लगाएर सफा गर्न सकिन्छ जसले गर्दा बोतल नयाँ जस्तो चम्किनेछ ।
  • सोफाका किनारमा एकदमै छिटो फोहोर जम्ने गर्दछ । यस्तोमा कफीमा पानी तथा नुन मिसाएर फर्नीचरमा लगाउँदा काठ एकदमै छिटो सफा हुन्छ र चम्किन्छ । यो काठको सोफामा मात्र प्रयोग गर्नुहोला ।
  • भान्साको सिंकबाट पनि कहिलेकाँही फोहोरको गन्ध आउने गर्छ । यस्तोमा कफीमा तातो पानी मिसाएर सिंक सफा गर्नुभयो भने चम्किनुका साथै गन्ध पनि हराउँछ ।
  • कफी तातोपानीमा उमालेर मिसाउनुहोस् । यो पानीलाई सिधा सिंकको पाइपमा पुग्ने गरी राख्नुभयो भने पाइपमा रहेको फोहोर पनि बगेर जान्छ ।
  • जलेका तथा एकदमै फोहोर भएका भाँडा धुनका लागि पनि कफीको प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि कफी भाँडा धुने साबन वा लिक्विडमा मिसाउनुहोस् र घोटेर भाँडा सफा गर्नुहोस् ।
  • फ्रिजमा पनि धेरैपटक खानेकुरा खसेको अवस्थामा गन्ध आउँछ । यस्तो गन्ध कहिलेकाँही सफा गर्दा पनि जाँदैन । त्यस्तो अवस्थामा तपाईं एक कप कफी फ्रिजभित्र राख्नुहोस् गन्ध जान्छ ।
  • टायलहरुमा लागेका दाग सफा गर्न साबुनमा कफी मिसाउनुहोस् । यो मिक्सले घोटेर टायल सफा गर्नुहोस् कडा दाग पनि जान्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved