पाकिस्तानमा ६ दलीय सत्ता गठबन्धन, प्रधानमन्त्रीमा नवाजका कान्छो भाइ शहबाजलाई अघि सारियो

नेपालभ्युज

पाकिस्तानमा ६ दलीय सत्ता गठबन्धन, प्रधानमन्त्रीमा नवाजका कान्छो भाइ शहबाजलाई अघि सारियो

काठमाडौं । नयाँ सरकार निर्माणका लागि पाकिस्तानमा ६ दलीय सत्ता गठबन्धन बनाइएको छ ।

कुनै पनि दलले बहुमत नल्याएपछि नवाज शरिफको पार्टी पाकिस्तान मुस्लिम लिग पीएमएलले गठबन्धन सरकार गठनको प्रक्रिया सुरु गरेको हो ।

पाकिस्तानको तीनपटक प्रधानमन्त्री बनिसकेका नवाज शरीफले सरकार सञ्चालनका लागि ६ दलीय पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) नामको गठबन्धन बनाएका हुन् ।

गठबन्धनमा बिलावल भुट्टो नेतृत्वको पाकिस्तान पिपल्स पार्टी (पीपीपी), पाकिस्तान मुस्लिम लिग (क्यू –पीएमएल–क्यू), मुत्ताहिदा कौमी मुभमेन्ट (एमक्यूएम), इश्तेखाम–ए–पाकिस्तान पार्टी (आईपीपी) र बुलचिस्तान अवामी (बीएएम) पार्टी संलग्न छन् ।

ती पार्टीका नेताहरुले संयुक्त पत्रकार सम्मेलन गरेर गठबन्धन बनाइएको घोषणा गरेका थिए । उनीहरुले चुनावमा एकअर्काविरुद्ध लडे पनि अब मिलेर आर्थिक संकटलाई पार लगाउने दाबी गरेका छन् ।

पूर्वप्रधानमन्त्री शरीफले पाकिस्तानको नयाँ प्रधानमन्त्रीको उम्मेदवारको रुपमा आफ्ना कान्छो भाइ शहबाज शरीफ र पन्जाब प्रान्तको मुख्यमन्त्रीमा छोरी मरियमलाई अघि सारेको बीबीसीले जनाएको छ ।

नवाज शरीफकी छोरी मरियमले पिता शरिफले पार्टीलाई सुझाव दिँदै सरकार सञ्चालनमा सहयोग गर्ने बताएकी छन् ।

गैरकानुनी ढंगले सम्पत्ति आर्जन गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री शहबाज शरीफ तथा उनका दुई छोराविरुद्ध सन् २०२० मा संघीय जाँच एजेन्सी (एफआईए)ले मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले उनीहरुलाई सफाइ दिइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved