निम्न माध्यमिक तहका शिक्षकमा जागिर खुल्यो

नेपालभ्युज

निम्न माध्यमिक तहका शिक्षकमा जागिर खुल्यो

काठमाडौं । निम्न माध्यमिक तहका शिक्षकका लागि आवेदन माग भएको छ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि दरखास्त माग गरेको हो ।

सामुदायिक विद्यालयको निम्न माध्यमिक तह शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नेगरी दरखास्त आव्हान गरिएको आयोगले जनाएको छ ।

न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारले बुधबार आजदेखि अनलाइन दरखास्त प्रणालीबाट आवेदन दिन सकिने आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

इच्छुक व्यक्तिले आयोगको अनलाइन दरखास्त प्रणाली  https://online.tsc.gov.np मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved