भान्साका सामान जो कहिल्यै एक्सपायर हुँदैनन्

नेपालभ्युज

भान्साका सामान जो कहिल्यै एक्सपायर हुँदैनन्

एजेन्सी । भान्सामा राखेका कतिपय चीजहरुमा यदी त्यसको प्रयोग गर्ने अन्तिम मिति लेखिएकै भए पनि त्यस्ता चीजहरु छन् जो वर्षौंवर्ष चलिरहन्छन् । आज यहाँ तपाईं पनि जान्नुहोस् त्यस्ता के चीज छन् जो कहिल्यै बिग्रिँदैनन् ।

भेनेगर
भेनेगरको कुनै पनि प्रयोगको अन्तिम म्याद हुँदैन । यसलाई फ्रिजमा राखेर वर्षौंवर्षसम्म पनि प्रयोग गर्न सकिन्छ ।

सोया सस
सोया सस पनि वर्षौंसम्म खराब हुँदैन । यसलाई सीलबन्द गरेर जीवनभरका लागि पनि स्टोर गर्ने गरिन्छ । यसलाई तपाईं फ्रिजमा स्टोर गरेर ४–५ वर्ष पनि प्रयोग गर्न सक्नुहुन्छ ।

मह
त्यसो त बजारमा पाइने महमा प्रयोग गर्ने अन्तिम मिति लेखिएको हुन सक्छ । तर यसको पनि कुनै एक्सपायरी डेट हुँदैन । यसलाई राम्रोसँग स्टोर गरियो भने वर्षौंसम्म प्रयोग गर्न सकिन्छ ।

चिनी र नुन
चिनी र नुन दुबैमा कुनै पनि एक्सपायरी डेट हुँदैन । यसलाई तपाईं लामो समयसम्म पनि प्रयोग गर्न सक्नुहुन्छ ।

दाल
चाहे कुनै पनि प्रकारको दाल होस्, यदी त्यसलाई ओसबाट जोगाउन सकियो भने वर्षौंसम्म पनि बिग्रँदैन । राम्रोसँग नराखिएको खण्डमा मात्र यसमा किरा लाग्ने गर्छ ।

सेतो चामल
सेतो चामललाई पनि तपाईं लामो समयसम्म सजिलै प्रयोग गर्न सक्नुहुन्छ । यसलाई पनि ओसिलो ठाउँबाट भने जोगाउनु पर्छ । साथमा यसमा पहिले नै कुनै प्रकारको किरा पनि हुनुहुँदैन ।

मकैको पिठो
अन्य पिठोको तुलनामा यो पिठो पनि लामो समय बिग्रँदैन । तपाईंले यसलाई खुल्ला तथा ओसिसो प्रकारले भने राख्नु हुँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved