टुरिजम हिरो अवार्डस् २०२४ आयोजना हुँदै

नेपालभ्युज

टुरिजम हिरो अवार्डस् २०२४ आयोजना हुँदै

काठमाडौँ । नेपालमै पहिलो पटक विभिन्न ३१ वटा विधामा टुरिजम हिरो अवार्डस् प्रदान गरिने भएको छ ।

नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने  व्यक्ति तथा संस्थाहरूमध्येबाट छानेर ग्लोबल टुरिजम प्रमोसन काउन्सिलले नेपालमै पहिलो पटक यो अवार्डस् आयोजना गर्न लागेको हो ।

आगामी मार्च १९ मा काठमाडौँमा आयोजना हुने समारोहबिच अवार्डस् विजेताहरूलाई ट्रफी हस्तान्तरण गरिने ग्लोबल टुरिजम प्रमोसन काउन्सिलका अध्यक्ष धर्मेन्द्र सापकोटाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

होटेलतर्फका १४ तथा पर्यटन र अन्यतर्फ १७ विधा गरी कुल ३१ विधामा अवार्ड प्रदान गरिने छ ।

पाँचसयभन्दा बढीले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको यो टुरिजम हिरो अवार्डको नोमिनेसन फागुन १ बाट खुल्ला गरिएको छ ।

आयोजक ग्लोबल टुरिजम प्रमोसन काउन्सिलका अध्यक्ष सापकोटाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा यो अवार्ड विशुद्ध पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने  व्यक्ति तथा संस्थालाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजना गरिएको बताउँदै यसमा आयोजकले विवादमा आउने कुनै पनि कार्य नगर्ने नगराउने प्रतिबद्धता जनाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved