मोरङ अटो वर्कस् ‘जेसीबी वेस्ट साउथ एशिया रिजिओन डिलर्स अवार्ड २०२३’बाट सम्मानित  

नेपालभ्युज

मोरङ अटो वर्कस् ‘जेसीबी वेस्ट साउथ एशिया रिजिओन डिलर्स अवार्ड २०२३’बाट सम्मानित  

काठमाडौं । मोरङ अटो वर्कस् ‘जेसीबी वेस्ट साउथ एशिया रिजिओन डिलर्स अवार्ड २०२३’बाट सम्मानित भएको छ । यो अवार्ड शुक्रबार पोर्चुगलको लिस्बनमा भएको जेसीबी वार्षिक डिलर सम्मेलन २०२४ मा प्रदान गरिएको थियो ।

‘हामीले सन् २०२३ को लागि उत्कृष्ट दक्षिण एसिया क्षेत्र डिलरको अवार्ड जितेका छौँ भन्ने घोषणा गर्न पाउँदा हामी अत्यन्तै खुसी छौँ ।’ पुरस्कार प्राप्त गरेपछि मोरङ अटो वर्कस्का प्रबन्ध निर्देशक विष्णु अग्रवालले भने ।  ‘म मेरो टोली र सबैलाई धन्यवाद दिन्छु । सरोकारवालाहरूले हामीलाई यो उचाइमा पुग्न मद्दत गर्नुभयो। हामी भविष्यमा ठुला उपलब्धिहरूको अपेक्षा गर्दछौँ ।’

मोरङ अटो वर्कस् नेपालको लागि जेसीबी निर्माण र भारी उपकरणहरूको लागि एक मात्र आधिकारिक वितरक हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved