ललितपुरको इमाडोलमा आमा र साना छोरा-छोरीको मृत्यु

नेपालभ्युज

ललितपुरको इमाडोलमा आमा र साना छोरा-छोरीको मृत्यु
प्रतिकात्मक तस्वीर

काठमाडौं । ललितपुरमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । आमा र छोरा छोरीको फरक-फरक अवस्थामा मृत्यु भएको हो ।

महालक्ष्मी नगरपालिका–३ इमाडोलको ओचुहाइटकी रविना महर्जन र उनका दुई सन्तान मृत अवस्थामा भेटिएका हुन् ।

रविना महर्जन घरको तीन तलाबाट हाम्फालेको प्रहरीले जनाएको छ । उपचारको क्रममा उनको ललितपुरकै किष्ट अस्पतालमा शनिबार बेलुका मृत्यु भएको ललितपुरका प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए ।

घरको कोठामा अचेत अवस्थामा भेटिएका उनका ६ वर्षीय छोरा र दुई वर्षीया छोरीको पनि मृत्यु भएको छ ।

उनीहरुलाई अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved