कुटाकुट प्रकरण : तीनजना प्रहरी विमानस्थलबाट सरुवा

नेपालभ्युज

कुटाकुट प्रकरण : तीनजना प्रहरी विमानस्थलबाट सरुवा

काठमाडौं । अध्यागमन कर्मचारीसँग भएको कुटाकुट विवादमा विमानस्थलका तीनजना प्रहरी सरुवा भएका छन् ।

कारबाहीका लागि सिफारिस भएका प्रहरी सहायक निरीक्षक सञ्जय तामाङ, प्रहरी जवान रविरञ्जन गुप्ता र राजकुमार महतोलाई विमानस्थलबाट सरुवा गरिएको हो ।

१२ माघमा विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायाँलाल मोक्तानमाथि हातपात भएको थियो ।

मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्न खोज्दा मोक्तानले आफू ‘अधिकृत भएको’ बताउँदै जाँच नगरी हिँड्न खोजेका थिए ।

त्यसक्रममा उनले अपशब्द समेत बोलेको प्रहरीको दाबी छ । त्यसपछि हात हालाहाल भएको थियो ।

छानबिन समितिले प्रहरीलाई कारबाही गर्नुपर्ने निष्कर्ष निकालेपछि विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्दले असहमति जनाउँदै राजीनामा गरेका थिए ।

तर, स्वीकृत भए । उनले प्रहरी जवानलाई पुरस्कृत गर्नुपर्ने बताउँदै आएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved