सरकार र पहिचान पक्षधरबीच पाँचबुँदे सहमति, पुनः नामाकरणका लागि प्रदेश सरकारले पहल गर्ने

नेपालभ्युज

सरकार र पहिचान पक्षधरबीच पाँचबुँदे सहमति, पुनः नामाकरणका लागि प्रदेश सरकारले पहल गर्ने

काठमाडौं । कोशी प्रदेशको पुनः नामाकरण गर्न सरकार सकारात्मक बनेको छ ।

कोशीको नाम परिवर्तन हुनुपर्ने माग गर्दै लामो समयदेखि आन्दोलनमा रहेको संयुक्त संघर्ष समितिसँगको चरणवद्ध वार्तामा सरकारी पक्षले पुनः नामकरणका लागि पहल गर्ने प्रतिबद्धता जनाएको हो ।

बिहीबार र शुक्रबार भएको वार्तामा दुई पक्षबीच ५ बुँदे सहमति भएको छ । कोशी प्रदेशको पुनः नामाकरणका लागि पहल गर्ने र आन्दोलनलाई शान्तिपूर्ण बनाउनेलगायत ५ बुँदे सहमति भएको छ ।

यस्तै आन्दोलनका घाइतेको उपचार खर्च सरकारले बेहोर्ने, आन्दोलनकारीलाई लगाएको मुद्दा फिर्ता लिने, पहिचान पक्षधरले आन्दोलनको स्वरूप परिवर्तन गर्ने सहमति पनि दुई पक्षबीच भएको छ ।

प्रदेशको नामप्रति असन्तुष्टहरूको माग सम्बोधनका लागि भन्दै भौतिक पूर्वाधार विकासमन्त्री कमल जबेगुको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन भएको थियो ।

सो वार्ता टोलीले वार्ताको आह्वान गरेपछि पहिचान पक्षधरहरूले पनि ११ सदस्यीय वार्ता टोली गठन गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved