कांग्रेसको काठमाडौ जिल्ला सम्मेलन हुँदै

नेपालभ्युज

कांग्रेसको काठमाडौ जिल्ला सम्मेलन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं जिल्ला सम्मेलन आजदेखि सुरु हुँदै छ ।

सम्मेलन राष्ट्रिय सभागृहमा बिहान साढे १० बजे सुरु हुने कांग्रेसले जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले सम्मेलनको उद्घाटन गर्नेछन् ।

सम्मेलनमा काठमाडौंका दस वटै निर्वाचन क्षेत्रका प्रतिनिधि सहभागी हुनेछन् ।

सम्मेलनले जिल्लामा सङ्गठनको अवस्था, सुधार गर्नुपर्ने पक्षहरू र पार्टीको भावी रणनीतिका विषयमा छलफल गर्ने जिल्ला सभापति कृष्ण बानियाँले जानकारी दिए । उनका अनुसार उद्घाटन सत्रपछि आजै बन्द सत्र सुरु हुने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved