माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा

नेपालभ्युज

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ ।

बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । दुई दिनसम्म चल्ने बैठकमा पार्टीको विधानबारे छलफल हुने बताइएको छ ।

माओवादीले फागुन १ गते विधान सम्मेलनको मिति तय गरिसकेको छ । विधान सम्मेलनअघि स्थायी कमिटीको बैठक बस्न लागेको हो ।

स्थायी कमिटीले गरेका निर्णयलाई अनुमोदन गराउन माघ २८ र २९ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।

केन्द्रीय कमिटीको बैठकमा पार्टीले चलाएको चार महिने रुपान्तरण अभियानको समीक्षा हुने नेता रञ्जित तामाङ्गले बताए ।

माओवादीको विधान सम्मेलन फागुन १ देखि ३ गतेसम्म कमलादीस्थित प्रज्ञा भवनमा हुँदै छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved