पहिचान पक्षधरसँगको वार्ता सकारात्मक, शुक्रबार पुनः बस्ने

नेपालभ्युज

पहिचान पक्षधरसँगको वार्ता सकारात्मक, शुक्रबार पुनः बस्ने

काठमाडौं । कोशी प्रदेश सरकार र १ नम्बर प्रदेश पुनः नामकरण संघर्ष समितिबीचको वार्ता सकिएको छ ।

विराटनगरमा बिहीबार दिउँसो ४ बजेदेखि भएको उक्त वार्ता सकारात्मक रहेको दुवै पक्षले जनाएका छन् ।

सरकारी वार्ता टोलीका संयोजक तथा भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगूले वार्ता सकारात्मक भएको जानकारी दिए ।

उनले शुक्रबार बिहान ८ बजे पुनः बस्ने गरी आजको  छलफल सकारात्मक  रहेको प्रतिक्रिया दिए ।

यस्तै  संघर्ष समितिका तर्फबाट वार्तामा सहभागी एक सदस्यले पनि  वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका छन्  ।

वार्ता टोलीमा सरकारका तर्फबाट  भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगू, पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती   र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल रहेका छन्  ।

यस्तै सङ्घर्ष समितिको तर्फबाट  डकेन्द्र सिं थेगिम, गोविन्दबहादुर आङबुहाङ, युवराज राई, दिवस राई, लाक्पा शेर्पा, कुमार लिङ्देन मिराक, पदम लिम्बू, अर्जुन जमेली राई, जेन्टल लावती, पदम जबेगु र चन्द्रकुमार चौधरी  छन् ।

हिक्मतकुमार कार्की नेतृत्वको सरकारले २०७९ फागुन १७ गते प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर पहिचानका आधारमा नाम राख्नुपर्ने मागसहित आन्दोलनमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved