साताको सेयर समीक्षा : नेप्से २९.३६ अंकले बढ्यो, कारोबार रकम १४ अर्बमाथि

नेपालभ्युज

साताको सेयर समीक्षा : नेप्से २९.३६ अंकले बढ्यो, कारोबार रकम १४ अर्बमाथि

काठमाडौं । यो साताको नेप्से परिसूचक २९ दशमलव ३६ अंकले बढेको छ । यस साताको सेयर बजार कारोबारको पहिलो दिन अर्थात् गत आइतबार नेप्से परिसूचक ५ दशमलव ३१ अंकले घटेको थियो ।

तर, त्यसयता नेप्से लगातार सामान्य अंकसहित बढिरहेको थियो । समीक्षा अवधिमा यस साताको कारोबार रकम १४ अर्ब ३० करोड पुगेको छ ।

साताको कारोबारको पहिलो दिन आइतबार ३०७ कम्पनीका ७० हजार ७ सय ९० पटकको कारोबारमा ९ करोड २७ लाख २ हजार ७ सय ८२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ३ अर्ब २१ करोड ६७ लाख २७ हजार २ सय २१ रुपैयाँ रहेको थियो ।

सोमबार सेयर बजार दोहोरो अंकले बढेको थियो । त्यस दिन नेप्से परिसूचक १४ दशमलव ५७ अंकले बढेर २०७६ दशमलव २७ विन्दुमा पुगेको थियो । जसमा कारोबार रकम २ अर्ब ४३ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार नेप्से परिसूचक ९ दशमलव ४४ अंकले बढेर २०८५ दशमलव ७१ को विन्दुमा पुगेको थियो । जसमा कारोबार रकम भने २ अर्ब ५९ करोड १५ लाख ३४ हजार ५ सय ७ रुपैयाँ रहेको थियो ।

बुधबार सेयर बजार परिसूचक ४ दशमलव ९२ अंकले बढेर २०९० दशमलव ६४ को विन्दुमा पुगेको थियो । जसमा कारोबार रकम भने २ अर्ब ८४ करोड २५ लाख ५० हजार २ सय ३७ रुपैयाँ रहेको थियो ।

कारोबारको अन्तिम दिन अर्थात् आज नेप्से परिसूचक ५ दशमलव ७४ अंकले बढेर २०९६ दशमलव ३८ को विन्दुमा पुगेको छ ।
बिहीबार कारोबार रकम ३ अर्ब २१ करोड २२ लाख ८३ हजार ४ सय ५३ रुपैयाँ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved