असई हत्याका दोषी सांसद अभिरामको सेवासुविधा रोक्का, फरार रहेका उनलाई खोज्दै प्रहरी

मधेश प्रदेशसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेस प्रदेशसभा संसदीय दलका नेता अभिराम शर्माको सेवासुविधा रोक्का भएको छ ।

नेपालभ्युज

असई हत्याका दोषी सांसद अभिरामको सेवासुविधा रोक्का, फरार रहेका उनलाई खोज्दै प्रहरी

जनकपुरधाम । मधेश प्रदेशसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेस प्रदेशसभा संसदीय दलका नेता अभिराम शर्माको सेवासुविधा रोक्का भएको छ ।

सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा दोषी ठहर भएका उनको सेवासुविधा प्रदेश संसदले रोक्का गरेको हो ।

मंसिरमा भएको फैसलाकै बेलादेखि प्रदेश सांसद शर्मा फरार छन् । उनी राष्ट्रिय सभाको चुनावमा मतदानमा समेत भाग लिएनन् ।

माघ महिनादेखि उनको सेवासुविधा रोक्का गरिएको सभामुख रामचन्द्र मण्डलले बताए । पुससम्मको शर्माको सेवासुविधाको रकम खातामा पठाइएको सचिवालयले जनाएको छ ।

शर्मा महोत्तरी क्षेत्र नं. ३ (क)बाट दोश्रो पटक प्रत्यक्ष निर्वाचित छन् । यसअघि उनी २०७४ को निर्वाचनमा सोही क्षेत्राट जितेका शर्मा मुख्यमन्त्री लालबाबु राउतको सरकारमा सामाजिक विकास राज्यमन्त्री बनेका थिए ।

अदालतबाट फैसलासहितको पत्र आएपछि अथवा ७० दिन कटेपछि उनलाई निलम्बन गर्ने सभामुख मण्डलले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved