राष्ट्रिय सभामा वामदेवले भने- यो अपमानजनक पदबाट कहिले मुक्ति पाइएला ?

नेपालभ्युज

राष्ट्रिय सभामा वामदेवले भने- यो अपमानजनक पदबाट कहिले मुक्ति पाइएला ?

काठमाडौं । वामदेव गौतमले आफैँ आसीन राष्ट्रियसभा सदस्य पदलाई अपमानजनक भनेका छन् ।

बुधबार बसेको राष्ट्रियसभा बैठकमा भाग लिँदै गौतमले यस्तो भनेका हुन् । “यो अपमानजनक पदबाट कहिलेदेखि मुक्त हुन पाइएला भन्ने मलाई लाग्छ,” उनले भने ।

त्यसअघि उनले अहिलेसम्म भएका प्रधानमन्त्रीहरूले बहुदलीय प्रतिस्पर्धाको प्रणालीबाट समाजवाद निर्माण गर्न सकिन्छ भनेर एउटा पनि ढाँचा प्रस्तुत गर्न नसकेको बताए ।

“लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाजवाद निर्माण गर्ने काम यो संविधानको हो। नेपाली जनताको हो। यो संविधान जारी गर्नेहरूको हो। बहुदलीय प्रतिस्पर्धाको प्रणालीबाट कस्तो किसिमको समाज निर्माण गर्नुपर्छ भन्ने परिकल्पना त्यो संविधान निर्माण गर्नेले त्यसैबेलादेखि देखेका छन्,’ उनले भने ।

गौतम सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रियसभा सदस्य हुन् । उनी २०७७ असोज १ गते राष्ट्रियसभा सदस्य मनोनीत भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved