घनश्याम भन्छन्- जबज संसदीय चुनावमा भाग लिन्छौँ भनेर गरिएको घोषणाबाहेक केही होइन

'मुलुक सुध्रिन घुस नखाने नेताहरूको पार्टी चाहिन्छ'

नेपालभ्युज

घनश्याम भन्छन्- जबज संसदीय चुनावमा भाग लिन्छौँ भनेर गरिएको घोषणाबाहेक केही होइन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले जनताको बहुदलीय जनवाद (जबज) ‘संसदीय चुनावमा भाग लिन्छौँ’ भनेर गरिएको घोषणाबाहेक अरु केही नभएको बताएका छन् ।

मङ्गलबार काठमाडौंमा आयोजित एक बहसका क्रममा उनले यस्तो बताएका हुन् । “सारमा भन्ने हो भने जनताको बहुदलीय जनवाद संसदीय निर्वाचनमा भाग लिन्छौँ भनेर गरिएको घोषणाबाहेक अरु केही होइन,” उनले भने ।

जबज महासचिव भुसालको पूर्वदल नेकपा (एमाले) को एक राजनीतिक सिद्धान्त हो । एमालेको नाम नै उद्धृत गरेर उनले भनेका छन्, “यहाँ जनताको बहुदलीय जनवादका आधारमा समाजवाद बनाउने भनिन्छ । हुन त त्यसबेला त्यस्तै परिस्थिति थियो । त्यो भनेको २०४९ सालमा बनाइएको सिद्धान्त थियो । जम्मा कम्युनिष्ट पार्टीले संसदीय निर्वाचनमा भाग लिने भन्ने घोषणा थियो त्यो । तर, अहिले पनि हामी त्यसकै सान्दर्भिकता देख्छौँ ।”

यस्तै उनले घुस नखाने नेताहरूको पार्टी मुलुकमा नभइन्जेल भनेजस्तो काम नहुने बताए । “नकमाएको सम्पत्ति नखाने, घुस नखाने नेताहरूको पार्टी मुलुकमा नबनीकन हामीले चाहेको युग देख्न सक्दैनौँ,” उनले भने ।

उनले मुलुक बिग्रनुको मुख्य कारण भ्रष्टाचार भएको बताए । करोडौंको सम्पत्ति नभएका नेता एवम् कर्मचारी सायदै भएको उल्लेख गर्दै उनले भने, “एउटा कर्मचारीको तलबले ४/५ जनाको परिवार पाल्न गाह्रो हुन्छ । तर, अहिले हेर्नुभयो भने त्यो अवस्था कहाँ छ ? करोडौंको सम्पत्ति नभएका कर्मचारी छैनन् । नेताहरूको कुरा के गर्नु ?”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved