हिँड्ने रुखको बारेमा थाहा पाउनुभएको छ ?

नेपालभ्युज

हिँड्ने रुखको बारेमा थाहा पाउनुभएको छ ?

एजेन्सी । के तपाईंले संसारमा रुख पनि हिँड्छ भन्यो भने विश्वास गर्नु हुन्छ ? तर, संसारमा त्यस्तो रुख पनि पाइन्छ जो साँच्चै हिँड्छ ।

एउटा विशेष प्रकारको पाम ट्रि ल्याटिन अमेरिकामा पाइन्छ । यो हरेक दिन दुईदेखि तीन सेन्टीमिटर हिँड्न सक्छ । अर्थात वर्षमा करीब २० मिटरसम्म यो रुख हिँड्न सक्छ ।

यो रुखलाई सक्रेटी एक्सोरराइजा वा सामान्य रुपमा वाकिङ पाम ट्रि  भनिन्छ । आम रुपमा यी रुख १५ देखि २० मिटरका हुन्छन् र चौडाइ १६ सेन्टीमिटर हुन्छ ।

सामान्य रुपमा रुखका जरा जमिनभित्र हुने गर्छन् । तर, यी जरा जमिनबाट थोरै माथिसम्म उठेका हुन्छन् । यही कारणले यी रुख कुचो जस्ता देखिन्छन् ।

यी रुख घना जंगलमा पाइन्छन् जहाँ सूर्यको किरण पुग्न गाह्रो पर्छ । त्यसैले यी हिँडेर त्यस्ता स्थानमा पुग्छन् जहाँ सूर्यको किरण आइरहेको छ ।

यी रुख हिँड्ने तरिका एकदमै सजिलो छ जहाँ उज्यालो धेरै छ त्यता यीनले नयाँ जरा उमार्न थाल्छन् र पछाडिका जरा मर्दै जान्छन् । तर, केही वैज्ञानिकको मान्यता छ वास्तवमा यसलाई हिँडेको भनिँदैन ।

यी रुख आफ्नो बढोत्तरीको क्रममा नै यताउता सर्ने वैज्ञानिकको दाबी छ । प्राविधिक रुपमा पनि यसलाई हिँड्ने भनिँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved