बजेटका सिद्धान्त र प्राथमिकताबारे माओवादीले पार्टीका सांसदलाई प्रशिक्षण दिने

नेपालभ्युज

बजेटका सिद्धान्त र प्राथमिकताबारे माओवादीले पार्टीका सांसदलाई प्रशिक्षण दिने

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले आगामी आर्थिक वर्षको लागि बजेटका सिद्धान्त र प्राथमिकताबारे संसदमा छलफल गर्नुपूर्व पार्टीका सांसदहरुलाई प्रशिक्षण दिने भएको छ ।

मंगलवार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले संसदीय दलको बैठकमा तेस्रो अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टी सांसदहरुलाई निर्देशन दिएको जानकारी दिए ।

सरकारले यही अधिवेशनमा सरकारको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल गराउन लागेको र सो बारेमा संसदमा छलफल गर्नु अगाडि दलका सांसदहरुलाई अन्तरक्रियासहितको प्रशिक्षण कार्यक्रम गर्ने निर्णय भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved