आगो बालेर झ्यालढोका बन्द गरी सुतेका सासुबुहारीको ज्यान गयो 

नेपालभ्युज

आगो बालेर झ्यालढोका बन्द गरी सुतेका सासुबुहारीको ज्यान गयो 
प्रतिकात्मक तस्वीर

डडेलधुरा । डडेलधुरामा निस्सासिएर दुई जनाको ज्यान गएको छ ।

अमरगढी नगरपालिका वडा नम्बर १ मालमकि ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकका अनुसार बिहान बेहोस भेटिएका उनीहरूलाई डडेलधुरा अस्पताल लगिएको थियो ।

लगतै अस्पतालले मृत घोषणा गरेको हो ।

उनका अनुसार मृतक सासु बुहारी हुन । कोठामा आगो बालेर झ्याल ढोका बन्द गरी सुतेको कारणले निस्सासिएर मृत्यु भएको अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved