हिंसा दोहोरिन नदिने गरी टिआरसी विधेयक पारित गर्नुपर्छ : ओली

नेपालभ्युज

हिंसा दोहोरिन नदिने गरी टिआरसी विधेयक पारित गर्नुपर्छ : ओली
फाइल फोटो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा दोहोरिन नदिने गरी संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित गर्नुपर्ने बताएका छन् ।

सोमवार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले टिआरसीसँग सम्बन्धित विधेयकको मस्यौदामा केही कुरामा सहमति हुन बाँकी रहेको बताए । यद्यपि सबै विषयमा सहमति भएपछिमात्रै विधेयक पारित हुनु पर्ने ओलीको धारणा थियो ।

पीडितहरुले न्याय पाउने, पीडित केन्द्रित कानून बनउनुपर्ने, अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्य हुने, सर्वोच्च अदालतको फैसलालाई ध्यान दिएर विधेयक पारित गर्नुपर्ने उनको भनाइ छ ।

यस्तै, संघीय सरकारको काम कारबाहीले संघीयता अफ्ठ्यारोमा परिरहेको ओलीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved