अपर तामाकोशीमा सेयर नपर्नेले आजदेखि रकम फिर्ता पाउने 

नेपालभ्युज

अपर तामाकोशीमा सेयर नपर्नेले आजदेखि रकम फिर्ता पाउने 

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले सेयर नपरेका लगानीकर्ताको रकम आजदेखि फिर्ता गर्ने भएको छ ।

कम्पनीले लिलामीमा लिएको शेयरमा आवेदन दिएर पनि नपरेकाहरूलाई माघ २२ गते अर्थात् आज सोमबारदेखि रकम फिर्ता गर्न लागको हो ।

कम्पनीले आवेदन फाराममा उल्लेख गरेको बैंक र वित्तीय संस्थाको खातामा आईपीएसमार्फत लगानीकर्ताहरूलाई रकमान्तर गर्न लागेको जनाएको छ । बाँडफाँडको अन्तिम मूल्य १४७ रहेको र उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरूको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रूपमा बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले लिलामीमा ल्याएको १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता अवितरित हकप्रद सेयरहरू कम्पनीको संचालक समितिको माघ १७ गतेको बैठकको निर्णय अनुसार बाँडफाँड भएको हो ।

कम्पनीले ती सेयरहरू पुस १३ गतेका दिन देखि २९ गते सम्म लिलाम गरेको थियो । सो अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरू माघ ५, ६ र ७ गतेका दिन खोली २०८० माघ १७ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले सेयर बाँडफाँड गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved