सरकारका काम कारबाहीले देश लथालिङ्ग भयो : उपाध्यक्ष पौडेल

नेपालभ्युज

सरकारका काम कारबाहीले देश लथालिङ्ग भयो : उपाध्यक्ष पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद विष्णु पौडेलले देश अफ्ठ्यारो स्थितिमा रहेको बताएका छन् ।

शनिवार रुपन्देहीमा भएको प्रेस चौतारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता—२०८० को अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले देशको राजनीति बिग्रिरहेको दाबी गरे । उनले राजनीति संग्लो नभएसम्म देश ठिक ढंगबाट अघि बढ्न नसक्ने दाबी गरे । उपाध्यक्ष पौडेलले सरकारका कामकारबाहीले गर्दा देश लथालिंग र भताभुंग भएको बताए ।

उनले भने, ‘देश धेरै अफ्ठ्यारो अवस्थामा छ । देशले धेरै ठूलो सफर गरिरहेको छ । म यहाँहरुलाई बताउन चाहन्छु । जबसम्म राजनीति संग्लो हुँदैन । तबसम्म देश ठिक ढंगले अघि बढ्न सक्दैन । अहिले देशको राजनीति बिग्रिरहेको छ ।’

उपाध्यक्ष पौडेलले बिग्रिएको राजनीतिलाई लयमा फर्काउनु पर्ने चुनौतिपूर्ण परिस्थिति रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved