पिकअप भ्यान र मोटरसाइकल ठोक्कियो, एकको मृत्यु

नेपालभ्युज

पिकअप भ्यान र मोटरसाइकल ठोक्कियो, एकको मृत्यु

काठमाडौं । दाङमा सवारी साधन दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

शुक्रबार राति लमही-भालुवाङ सडकखण्डको राप्ती गाउँपालिका- ५ कमलरोड नजिक भएको सो दुर्घटनामा मोटरसाइकल चालक राप्ती गाउँपालिका- ८ का २७ वर्षिय सुनिल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

रोल्पादेखि घोराही जाँदै गरेको बा १८ च ८६१८ नम्बरको पिकअप गाडी र पश्चिमदेखि पूर्व जाँदै गरेको लु ३२ प ७०१४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किंदा दुर्घटनामा भएकाे थियो ।

गम्भीर  घाइते  चौधरीलाई उपचारको लागि लमही अस्पताल लग्ने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए।

पिकप गाडीका चालक आस्वीन सुनारको भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको  छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved