तस्वीरमा हेरौं लाटोकोसेरो-हुचिल उत्सव (फोटो फिचर)

लोपोन्मुख तथा संरक्षित पक्षी लाटोकोसेरो र हचिलबारे जनचेतना जगाउन यो उत्सव आयोजना गरिएको हो ।

तस्वीरमा हेरौं लाटोकोसेरो-हुचिल उत्सव (फोटो फिचर)

पर्वत । ११ औँ नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव, पर्वतको लेखफाँटमा सुरू भएको छ ।

लोपोन्मुख तथा संरक्षित पक्षी लाटोकोसेरो र हुचिलबारे जनचेतना जगाउन यो उत्सव आयोजना गरिएको हो ।

शुक्रबार सुरु भएको उत्सवमा स्थानीय पालिका, विद्यालय, क्लब, आमा समूह, राजनैतिक संघसंस्थाले सहभागिता जनाएका छन् ।

उत्सवमा ‘नेल आर्ट’, ‘फेस आर्ट’लगायत स्थानीय मौलिक उत्पादनका स्टल पनि राखिएको छ ।

समुद्री सतहबाट २३५० मिटरको उचाइमा रहेको लेखफाँटमा यो उत्सव पहिलोचोटी आयोजना भएको हो ।

प्राकृतिक सम्पदा संरक्षण संस्थाको आयोजनामा भएको उत्सवलाई ‘फेज अवे’, ‘इन्टरनेसनल फेस्टिभल अफ उल’, ‘वर्ल्ड उल ट्रस्ट’, ‘ग्लोबल उल प्रोजेक्ट’, ‘नेपाल पंक्षीबिद् संघ’, जलजला गाउँपालिका लगायतले सहयोग गरेका छन् ।

लाटोकोसेरो तथा हुचिलको पालन र पैठारी गैह्रकानुनी हो ।  तर, नेपालबाट बर्सेनि १५ सयभन्दा बढीको सङ्ख्यामा लाटोकोसेरो तथा हुचिलको चोरीपैठारी हुँदै आएको छ ।

दुईदिने उत्सवमा लाटोकोसेरोको फोटो प्रदर्शनी समेत गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved