पर्वतको लेखफाँटबाट हिमालहरू हेर्दा (फोटोहरू)

काला ठूला पहाडबीचमा सेतो हिमालहरू टलक्क टल्केको देखिन्छ । नजिकैबाट रातो सूर्य उदाउँदै गरेको दृश्यले यहाँ आउने पर्यटकलाई रोमाञ्चक बनाउँछ । हिमालको बीचबाट अस्ताउने सूर्यास्त झनै मनमोहक लाग्छ ।

पर्वतको लेखफाँटबाट हिमालहरू हेर्दा (फोटोहरू)

पर्वत । लेखफाँट, पर्वत जिल्लाको एउटा गाउँ । पर्यटनको नयाँ सम्भावना बोकेका ठाउँ पनि । समुन्द्री सतहबाट २३५० मिटर उचाइमा रहेको यो गाउँमा पुन मगर समुदायको बस्ती छ ।

पहिले लेखफाँटका गाउँगाउँ पुग्न पैदल यात्रा गर्नुपथ्यो । अहिले सडक पुगेका छन् । म्याग्दीको बेनीबाट करिब साढे दुईघण्टाको जीप यात्राबाट यहाँ पुग्न सकिन्छ ।

करिब ६६ घरधुरी रहेको यस गाउँ हिमालको काखमा छ । काला ठूला पहाडबीचमा सेतो हिमालहरू टलक्क टल्केको देखिन्छ ।

धौलागिरि, अन्नपूर्ण प्रथम, अन्नपूर्ण साउथ, मानापाथी हिमाल, थार्पु चुली, माछापुच्छ्रे हिमाल, गंगापूर्णलगायतका हिमशृङ्खला छ्याङ्गै देखिन्छ । हिमालमुन्तिरका स–साना घरहरू देखिन्छन् । छङछङ बग्ने नदीनाला यहाँका आकर्षण हुन् ।

नजिकैबाट रातो सूर्य उदाउँदै गरेको दृश्यले यहाँ आउने पर्यटकलाई रोमाञ्चक बनाउँछ । हिमालको बीचबाट अस्ताउने सूर्यास्त झनै मनमोहक लाग्छ ।

हल्का पहेँलो आकाशमा रातो सूर्य उदाइरहेको मनमोहक दृश्यावलोकनका लागि लेखफाँटमा पर्यटकहरू जाने क्रम बढ्दो छ । पर्यटकहरूलाई खान र बस्नको लागि भर्खरै होमस्टेहरू सञ्चालनमा आएका छन् ।

यहाँको भेषभूषा, संस्कृति र चालचलनले सांस्कृतिक रूपमा धेरै धनी रहेको छनक पाइन्छ । मगरहरूको बाहुल्यता रहेको यहाँ मगराती संस्कृतिसँग रम्दै मिठामिठा परिकार खान पाउनु लेखफाँटको विशेषता हो ।

हिउँदमा रातो, सेतो, फिक्का र गुलाबी रंगका गुराँसले वनै रङ्गिन देखिन्छ । यहाँको हिमाली कान्लामा कोदो फल्छ ।

मकै फल्छ अनि आलु पनि । पुस–माघको जाडोमा ढपप्कै ढाकिएको तुवाँलो कपासको रुवाझैँ देखिन्थ्यो । बिहीबार पानी परेपछि केहीबेर हिउँ पर्याे । त्यसपछि आकाश खुलेर हिमाल प्रस्ट देखिएको छ ।

थप तस्वीरहरू


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved