१ हजार ट्याक्टरसहित इयु शिखर सम्मेलन स्थल वरपर सडक अवरुद्ध

नेपालभ्युज

१ हजार ट्याक्टरसहित इयु  शिखर सम्मेलन स्थल वरपर सडक अवरुद्ध

ब्रसेल्स । प्रदर्शनकारी किसानहरूले बिहीबार करिब १,००० ट्याक्टरहरू सहित इयु शिखर सम्मेलनको वरपरका सडकहरू अवरुद्ध गरेका छन् ।

प्रदर्शनकारीहरूले थपिदो कर, बढ्दो लागत र सस्तो आयातको विरोध गर्दै आएका छन् तर यसको सुनुवाइ नभएपछि उनीहरू प्रदर्शनीमा उत्रिएका हुन् ।

वस्तुतः शिखर सम्मेलनमा इयुको बहुवार्षिक वित्तीय रूपरेखाको मध्यावधि परिमार्जन, युक्रेनलाई सहयोग र मध्यपूर्वको अवस्थाबारे छलफल गर्ने तयारी गरिएको छ ।

युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलले शिखर सम्मेलनअघि युरोपेली परिषद्का सदस्यहरूलाई छलफलका यस्ता एजेन्डाबारे निमन्त्रणा पत्रमा जानकारी गराएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved