प्रधानमन्त्री कप क्रिकेट

पुलिसले दियो सुदूरपश्चिमलाई १९९ रनको लक्ष्य

नेपालभ्युज

पुलिसले दियो सुदूरपश्चिमलाई १९९ रनको लक्ष्य

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई १९९ रनको लक्ष्य दिएको छ।

मूलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पुलिस ४७.५ ओभरमा १९८ रनमा अलआउट भएको हो।

पुलिसका लागि शंकर रानाले ४६ र कप्तान दिपेन्द्र सिंह ऐरीले ४४ रन बनाए। अर्जुन साउदले ३२ र आरिफ शेखले २६ रन जोड्दा अन्य ६ ब्याटरले दोहोरो अंक छुन सकेनन्। सागर ढकाल भने ८ रनमा अविजित रहे।

सुदूरपश्चिमका लागि शेर मल्लले ३ तथा मिलन बोहरा, विकास आग्री, र नारायण जोशीले २–२ तथा दिपक चन्दले १ विकेट लिए।

अपराजित पुलिस लिगको अन्तिम खेलमा समेत जित निकाल्दै सतप्रतिशत नतिजासहित फाइनलमा स्थान बनाउने योजनामा छ । ८ खेलबाट उसको १६ अंक छ । यसअघि नै फाइनल पुग्नबाट बञ्‍चित भएको सुदूरपश्चिम ८ अंकमा छैठौं स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved