मधेस प्रदेशलाई ज्ञान–विज्ञानको केन्द्र बनाऔं, बौद्धिक पलायन रोकौं : प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

मधेस प्रदेशलाई ज्ञान–विज्ञानको केन्द्र बनाऔं, बौद्धिक पलायन रोकौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण मधेस प्रदेश ज्ञान–विज्ञानको केन्द्र भएको बताएका छन् ।

राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राजा जनकले ज्ञानी ऋषिमुनीसँग शास्त्रार्थ गरेर ज्ञानको सर्वोच्चता सिद्ध गरेको उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले मधेस प्रदेशलाई पुनः ज्ञान विज्ञानको केन्द्रको रूपमा विकास गर्ने सरकारको नीति रहेको समेत बताए ।

ज्ञानको दीप प्रज्वलित गर्ने उद्देश्यले राजर्षिजनकको नाममा विश्वविद्यालय खोलिनु प्राचीन सभ्यता, संस्कृति र सांस्कृतिक धरोहरप्रतिको अगाध आस्था भएको प्रधानमन्त्रीले उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले बौद्धिक पलायनको भयावह अवस्था रोक्नुपर्ने पनि बताए । उनले रचनात्मक तत्परताबाट बौद्धिक पलायन रोक्न सकिने भन्दै शिक्षा पद्धतिलाई युगानुकूल परिस्करण गर्दै लैजानुपर्ने बताए ।

विश्वविद्यालयको जग्गा र भवन पूर्वाधारको अभावमा झेल्नुपरेका कठिनाइ अर्थतन्त्रमा आउने सुधारसँगै क्रमशः सम्बोधन गरिने विश्वास पनि प्रधानमन्त्रीले दिलाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved