जुम्लासहित उच्च हिमाली भेगमा हिमपात, हवाई सेवा अवरुद्ध (तस्वीर सहित)

नेपालभ्युज

जुम्लासहित उच्च हिमाली भेगमा हिमपात, हवाई सेवा अवरुद्ध (तस्वीर सहित)

जुम्ला । जिल्लामा यस वर्षकै पहिलो हिमपात भएको छ । गतवर्षभन्दा यसवर्ष ढिलोगरी हिउँ परेको हो । त्यहा आज बिहानैदेखि हिमपात भएको छ । सदरमुकाम खलंगासहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ ।

ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान खुसी भएको जिल्लाको तिला गाउँपालिमा–१ का स्थानीय बासिन्दा पार्वती बुढाले जानकारी दिइन् ।

यसवर्षको हिउँदेयामको यो पहिलो हिमपात हो । अहिले हिमपात भइरहेको छ । माघ लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने भन्दै किसान चिन्तामा थिए । जौ र गहुँबाली लगाएका किसानलाई भने यो हिउँले निकै राहत भएको कृषि विकास कार्यालयले जनाएको छ ।

माथिल्लो कर्णालीमा हिमपात सुरु भएसँगै हवाई सेवा भने अवरुद्ध भएको छ ।

यसैबीच, हुम्लामा पनि गएराति देखि हिमपात भएको छ । हुम्लामा यो वर्ष तेस्रो पटक हिमपात भएको हो । हिमपात भएसँगै किसान खुसी भएका छन् ।

तस्वीर रासस

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved