माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

नेपालभ्युज

माल्टा पठाइदिन्छु भन्दै  ठगी गर्ने पक्राउ
सांकेतिक तस्वीर

काठमाडौँ, १७ माघ : माल्टा पठाइदिन्छु भन्दै रु छ लाख १८ हजार ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका–१३ का प्रकाश गुरुङलाई पक्राउ गरिएको छ । उनले प्रतिष्ठित होटलमा मासिक रु एक लाख २० हजार तलबमा काम लगाइदिने भन्दै पटकपटक गरी उक्त  रकम ठगी गरेका हुन् ।

गुरूङले एक जना बेरोजगार युवकलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाईदिने भन्दै ठगी गरेकाले  उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved