आफ्नै माउ दलसहितको सरकारलाई माइतीघर चिनाउँदै नेविसंघ (तस्वीरहरू)

आफ्नै माउ दलसहितको सरकारलाई माइतीघर चिनाउँदै नेविसंघ (तस्वीरहरू)

काठमाडौं । माइतीघर मण्डलाको निषेधाज्ञा खारेजीको माग गर्दै मंगलबार नेविसंघ केन्द्रीय तदर्थ समितिले माइतीघरमा फोटो प्रदर्शनी गरेको छ ।

संविधानको धारा १७ को उपधारा १ र उपधारा २ को खण्ड (क) र (ख) ले प्रत्येक नेपाली नागरिकलाई बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता प्रत्याभूत गरेको तर, सरकारले त्यसको अवज्ञा गरेको भन्दै विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

विरोध प्रदर्शनको क्रममा नेविसंघले मण्डलामा यसअघि भएका ऐतिहासिक आन्दोलनहरूको फोटो प्रदर्शनी गरेको हो ।

सरकारको आवाज उठाउने थलो संसद भएजस्तै आमनागरिकको आवाज उठाउने थलो माइतीघर भएकोले तत्काल निषेधाज्ञा हटाउन उनीहरूको माग छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved