एलन मस्कको कम्पनी न्यूरालिङ्कको सफल प्रयोग, मानव मस्तिष्कमा गर्यो ‘वायरलेस ब्रेन चिप्स’ जडान

नेपालभ्युज

एलन मस्कको कम्पनी न्यूरालिङ्कको सफल प्रयोग, मानव मस्तिष्कमा गर्यो ‘वायरलेस ब्रेन चिप्स’ जडान

काठमाडौं। अर्बपति एलन मस्कले आफ्नो न्यूरालिङ्क कम्पनीले मानव मस्तिष्कमा ‘वायरलेस ब्रेन चिप्स’ जडान गर्न सफल भएको बताएका छन्।

प्रारम्भिक नतिजाअनुरुप सो मानिसमा सकारात्मक न्यूरोन स्पाइक्स अर्थात तरङ्गहरु देखापर्नुको साथै मानिसमा पनि क्रमिक सुधार आइरहेको मस्कले बताए।

उनका प्रतिद्वन्द्वी कम्पनीहरुले पनि यसमा सफलता प्राप्त गरिसकेका छन्। गत मे महिनामा खाद्य तथा औषधि प्रशासन एफडीएले मस्कको कम्पनीलाई सो प्रयोगको लागि अनुमति दिएको थियो। लामो समयदेखि स्वकृतिको पर्खाइमा रहेको कम्पनीका लागि सो अनुमति कोशेढुङ्गा साबित भयो।

कम्पनीको यो अध्ययन ६ वर्ष लामो रहने छ। सुरुवाती चरणमा एक रोबोटको प्रयोगमार्फत मानव कपालभन्दा पनि मसिनो ६४ लचिलो धागोलाई मस्तिष्कको भागमा जडान गरी शारीरिक गतिविधि नियन्त्रण गर्ने न्यूरालिङ्कले जनाएको छ।

कम्पनीका अनुसार यी धागोहरुलाई चाहिने उर्जा एक ब्याट्रीमार्फत प्रदान गरिने छ। सो ब्याट्रीलाई वायरलेस प्रविधिमार्फत चार्ज गर्न सकिन्छ। जसमार्फत मस्तिष्कका तरङ्गहरुलाई रेकर्ड गर्दै एक एपमा ट्रान्स्मिट गर्न सकिन्छ। सो एपमार्फत चिप जडान गरिएको व्यक्तिको शारीरिक गतिविधिको इच्छालाई डिकोड पनि गर्न सकिनेछ।

मस्कले न्यूरोलिङ्कको पहिलो उत्पादनलाई ‘टेलिप्याथी’ नामकरण गर्ने सामाजिक संजाल एक्समा घोषणा गरे। उनले टेलिप्याथीमार्फत आफ्नो मोबाइल, कम्प्यूटर र अन्य यन्त्रलाई सोचेर मात्र पनि नियन्त्रण गर्न सकिने बताए।

मानव मस्तिष्कलाई कम्प्यूटरसँग जोडेर नशासम्बन्धी जटिल अवस्थासँग जुध्न सहयोग गर्ने वातावरण निर्माण गर्न नै न्यूरोलिङ्क कम्पनीको उद्देश्य रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved