बंगलादेशलाई ग्यास आपूर्ति गर्न कतारद्वारा १५ वर्षे सम्झौता

नेपालभ्युज

बंगलादेशलाई ग्यास आपूर्ति गर्न कतारद्वारा १५ वर्षे सम्झौता

दोहा । कतारले अमेरिकास्थित एक्सेलरेट इनर्जीसँग बङ्गलादेशलाई १५ वर्षका लागि खाना पकाउने ग्यास आपूर्ति गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

दोहाले एक्सेलरेटलाई जनवरी २०२६ देखि सुरु हुने १५ वर्षको अवधिमा बङ्गलादेशमा वार्षिक १० लाख टन खाना पकाउने आपूर्ति गर्नेछ ।

चीनको सिनोपेक, फ्रान्सको टोटल, बेलायतको शेल र इटालीको एनीसँग कतारी ग्यास आपूर्ति सम्झौताका लागि गत वर्ष घोषणा गरिएको थियो ।

यी सम्झौताहरू, २७ वर्ष लामो उद्योगको इतिहासमा सबैभन्दा लामो सहमति हो ।

कतारका ऊर्जामन्त्री साद अल–काबीद्वारा जारी विज्ञप्तिमा भने, “बङ्गलादेशलाई वार्षिक १० लाख टनसम्म एलएनजी आपूर्तिका लागि एक्सेलरेटसँग यो सम्झौतामा हस्ताक्षर गर्न पाउँदा हामी हर्षित छौँ ।’

“यो नयाँ सम्झौताले एक्सेलरेटसँग हाम्रो सम्बन्धलाई थप मजबुत बनाउनेछ र बङ्गलादेशको ऊर्जा आवश्यकता र बृहत्तर आर्थिक विकासको दिशामा यसको विकाशलाई पनि समर्थन गर्नेछ,” कतार इनर्जीका प्रमुख कार्यकारीसमेत रहेका काबीले भने ।

चीन, जापान र दक्षिण कोरियाको नेतृत्वमा एसियाली देशहरू कतारको ग्याँसको लागि मुख्य बजार हुन् । सन् २०२२ मा रूसले युक्रेनमा आक्रमण गरेपछि युरोपेली देशहरूले बढ्दो रूपमा खोजी गरिरहेका छन् ।

गत जुनमा कतार इनर्जीले बङ्गलादेशको सरकारी ऊर्जा कम्पनी पेट्रोबङ्गलासँग १५ वर्षका लागि वार्षिक १५ लाख टन एलएनजी आपूर्ति गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो ।

संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र रूससँगै कतार विश्वको शीर्ष एलएनजी उत्पादकमध्ये एक हो । यो बङ्गलादेशको लागि सबैभन्दा ठूलो प्राकृतिक ग्याँस आपूर्तिकर्ता हो । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved