हिउँको घुम्टोले छोपिएकी पाथीभरा, उज्यालिए डाँडाकाँडा (तस्वीरहरू)

छानो राख्न नहुने किम्बदन्ती अनुसार मन्दिरमा छानो छैन । अहिले पाथीभरा हिउँको घुम्टोले छापिएकी छिन् । दन्ते लहरझैँ हाँसेका हिउँका कारण वरपरका डाँडाकाँडा उज्यालिएका छन् ।

नेपालभ्युज

हिउँको घुम्टोले छोपिएकी पाथीभरा, उज्यालिए डाँडाकाँडा (तस्वीरहरू)

पाथीभरा । अन्न भरेको पाथीझैँ सुन्दर र मनमोहक आकृति बोकेको पाथीभरा क्षेत्र अहिले हिउँले ढकमक्क ढाकेको छ । वरपरका डाँडाकाँडा हिउँले सेताम्मे भएका छन् । छानो राख्न नहुने किम्बदन्ती अनुसार मन्दिरमा छानो छैन ।

अहिले पाथीभरा हिउँको घुम्टोले छोपिएकी छिन् । दन्ते लहरझैँ हाँसेका हिउँका कारण वरपरका डाँडाकाँडा उज्यालिएका छन् ।

लिम्बु भाषामा मुकुम्लुङ भनेर चिनिने ताप्लेजुङ जिल्लामा रहेको पाथीभरा एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा पर्वतमा उत्पन्न भएकी देवी भएकोले यहाँकी देवीलाई पाथीभरा देवी भनिएको हो ।

समुन्द्री सतहबाट ३७९४ मिटरको उचाइमा अवस्थित यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ किमी पूर्वोत्तरतर्फ छ ।

लिम्बू समुदायमा पाथीभरा पहाडलाई ‘मुकुम्लुङ’ भनेर पुजिन्छ । लिम्बू भाषामा ‘मुकुम’को अर्थ शक्ति वा बल र ‘लुङ’को अर्थ ढुङ्गा भन्ने जनाउँदछ । लिम्बु समुदायहरू पाथीभरालाई शक्ति वा बलको श्रोत रूपमा पुज्ने गर्दछन् ।

सोही ‘मुकुम्लुङ’ निलो आकाश, पारिलो घाम, डाँँडाका चुचुरामा थपक्क बसेको हिउँले साँच्चै स्वर्गझैँ देखिएको छ । हिउँको घुम्टो ओढेर मुस्कुराएको पाथीभरा क्षेत्रको केही तस्वीरहरू ।



(तस्वीर सौजन्य:- शिव श्रेष्ठ)

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved