तस्वीरमा प्रथम तेन्जिङ नोर्गे खुल्ला आरोहण प्रतियोगिता

प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको सम्झनामा प्रथम तेन्जिङ नोर्गे खुल्ला आरोहण प्रतियोगिता आयोजना भएको छ ।

तस्वीरमा प्रथम तेन्जिङ नोर्गे खुल्ला आरोहण प्रतियोगिता

काठमाडौं । प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको सम्झनामा प्रथम तेन्जिङ नोर्गे खुल्ला आरोहण प्रतियोगिता आयोजना भएको छ ।

बौद्ध महाङ्कालस्थित क्रिम्पान्जी एड्भेन्चर हबमा सञ्चालन भएको प्रतियोगितामा १२ वर्षभन्दा माथिका २० महिला र ३८ पुरुष आरोहीहरू सहभागी भएका छन् । प्रतियोगितामा छनोट चरण, सेमिफाइनल र फाइनल गरी ३ चरण समावेश गरी सञ्चालन गरिएको हो ।

प्रत्येक खेलाडीले निर्धारित ३ मिनेटभित्र निश्चित दूरी आरोहण गर्नुपर्ने र सोही आधारमा अङ्क दिइने आयोजकले बताएको छ । छनोट चरणबाट १६ जना सेमिफाइनलमा पुग्नेछन् । यसरी सेमिफाइनल पुगेका मध्येबाट ८ जना अन्तिम प्रतिस्पर्धाको लागी फाइनलमा जानेछन् ।

प्रतियोगितामा प्रथम, द्वितीय, र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कारका साथै प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगिताको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसन र यूएस नेपाल क्लाइम्बर एसोसिएसनले संयुक्तरूपमा आयोजना गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved