नेकपा समाजवादीको दोस्रो राष्ट्रिय परिषद् बैठक आइतबारदेखि

नेपालभ्युज

नेकपा समाजवादीको दोस्रो राष्ट्रिय परिषद् बैठक आइतबारदेखि

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दोस्रो राष्ट्रिय परिषद् बैठक आइतबारदेखि सुरु हुदै छ । बैठक बिहान साढे ११ बजे प्रज्ञा भवन कमलादी काठमाडौंमा बस्ने छ ।

बैठकले पार्टीको नेतृत्वमा ७० वर्ष उमेरको हदबन्दी हटाउन, युवा सहभागिता वृद्धि गर्न, केन्द्रीय कमिटीको आकार सानो बनाउने विषयमा निर्णय गर्ने बताइएको छ ।

पार्टी मातहतका कमिटी तथा जिल्ला तहका कार्यकर्ताबाट विधान संशोधन मस्यौदामा ती विषयलाई परिमार्जन गर्न माग गरिएकाले प्राथमिकता राखिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

पार्टीको विधान हेरफेर गर्न परिषद् बैठकमा छलफल गर्ने उद्देश्यले पार्टी निकट सबै कमिटीबाट सुझाव संकलन गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved