अध्यक्ष नेपालसँग उपमन्त्री हायानको शिष्टाचार भेट

नेपालभ्युज

अध्यक्ष नेपालसँग उपमन्त्री हायानको शिष्टाचार भेट

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेकी छन् ।

उपमन्त्री हायानले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पुगेर भेटवार्ता गरेको पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, नेकपा (एकीकृत समाजवादी) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई थप बलियो बनाउनका लागि आपसी अन्तरक्रिया, सांस्कृतिक आदानप्रदान, भ्रमण गर्ने लगायतका विषयमा छलफल भएको छ ।

यसैबीच उपमन्त्री हायानले सम्मानित नेता झलनाथ खनाललगायत नेतालाई भेटेकी छन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved