शिल्पीमा दोस्रो ‘जूनकीरी गजल साँझ’ सम्पन्न

नेपालभ्युज

शिल्पीमा दोस्रो ‘जूनकीरी गजल साँझ’ सम्पन्न

काठमाडौं । जूनकीरी अविश्रान्त उज्यालोले बत्तिसपुतलीमा अवस्थित शिल्पी थिएटरमा शनिबार दोस्रो ‘जूनकीरी गजल साँझ’ सम्पन्न गरेको छ।

गजल साँझमा गजलकारहरू बाबु त्रिपाठी, सुमन स्मारिका, रूपक वनवासीले आफ्ना गजलहरु प्रस्तुत गरेका थिए। पुस्तकालय सहयोगार्थ आयोजित ‘जूनकीरी गजल साँझ’ मा गजलकारहरूले आफ्नो भावनालाई गजलका माध्यमबाट प्रस्तुत गर्दै दुख, सुख, हाँसो, रोदन पीडा र सुखीका कुराहरू व्यक्त गरेका थिए।

तीन चरणको प्रस्तुति रहेको गजल साँझमा सहयोगी संघ संस्थाहरूलाई सम्मान समेत गरिएको थियो । यस गजल साँझबाट प्राप्त पुस्तक तथा आर्थिक सहयोगहरू रूकुम पूर्वमा भुकम्पबाट प्रभावित क्षेत्रमा पुस्तकालय निर्माणार्थ सहयोग गरिने संस्थाका सचिव सुवर्ण गौतमले जानकारी दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved