सर्लाहीको लालबन्दीमा एक किशोरी आफ्नै कोठामा मृत भेटिइन्

नेपालभ्युज

सर्लाहीको लालबन्दीमा एक किशोरी आफ्नै कोठामा मृत भेटिइन्
प्रतिकात्मक तस्वीर

काठमाडौं । सर्लाहीको लालबन्दीमा कक्षा १२ मा अध्ययनरत १६ वर्षीया एक किशोरीको शव फेला परेको छ । लालबन्दी– १६ ज्ञानबहादुर थापाकी १६ वर्षीया छोरी अन्जली आज बिहान उनकै कोठामा मृत भेटिएकी हुन् ।

अञ्जलीले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ । यद्यपी, आत्महत्याको कारण खुलेको छैन ।

परिवारले अञ्जली आफ्नै कोठामा सलको पासोमा झुण्डिएको बताएका छन् । अञ्जलीको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ । घटनाका बारेमा पोष्टमार्टमपछि थप जानकारी प्राप्त हुने प्रहरी निरिक्षक हरिबोल केसीले बताए ।

प्रहरीका अनुसार अञ्जलीकी आमाले छोरीलाई पासोमा देखेपछि त्यसलाई खोलेकी थिइन् । त्यसपछि मात्रै परिवारले प्रहरीलाई खबर गरेका थिए ।

घटना शंकास्पद रहेको भन्दै प्रहरी थप अनुसन्धान सुरु गरेको छ । अन्जली लालबन्दीस्थित जनज्योती माविमा कक्षा १२ मा पढ्दै थिइन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved