सेनिटरी प्याड किन्दा भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध मुद्दा

नेपालभ्युज

सेनिटरी प्याड किन्दा भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध मुद्दा

काठमाडौं । निःशुल्क सेनिटरी प्याड वितरणको बजेटमा अनियमितताको आरोपमा सप्तरी रुपनी गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा हालेको हो । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहालविरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियारका अनुसार सामुदायिक विद्यालयका छात्राहरूका लागि आर्थिक वर्ष २०७७\०७८ मा सेनिटरी प्याड वितरण गर्न गाउँपालिकामा विनियोजित बजेटबाट ९ लाख ११ हजार ९२५ रुपैयाँ पर्ने सेनिटिरी प्याड लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजकी प्रोप्राइटर ललिताकुमारी साहसमेतको मिलेमतोमा १७ लाख ८५ हजार ९ सय २८ रूपैयाँमा खरिद गरेर अस्वाभाविक रूपमा बढी मूल्य तिरी लाभ लिएको अख्तियारले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved